दफा
प्रवेश अनुमतिपत्र लिन निवेदन दिनु पर्ने –
(१) दफा ७ को उपदफा (१) बमोजिम बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा वा बिरुवा हुर्कने माध्यम जस्तै माटो, झ्याउ, पीट आदि पैठारी गर्न चाहने व्यक्ति वा संस्थाले तोकिएको कागजात र दस्तुर सहित तोकिए बमोजिमको ढाँचामा तोकिएको अधिकारी समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम परेको निवेदन जाँचबुझ गर्दा त्यस्तो बिरुवा, बिरुवाजन्य उपज, बायोलोजिकल कण्ट्रोल एजेण्ट, लाभदायक कीरा वा बिरुवा हुर्कने माध्यम जस्तै माटो, झ्याउ, पीट आदि पैठारी गर्ने अनुमति दिन उपयुक्त देखिएमा तोकिएको अधिकारीले तोकिएको ढाँचामा निवेदकलाई पैठारी प्रवेश अनुमतिपत्र दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम प्रवेश अनुमतिपत्र दिन उपयुक्त नभएमा सो कुराको जानकारी सम्बन्धित व्यक्तिलाई सात दिनभित्र दिनु पर्नेछ ।